डढेलोमा आमाछोराले ज्यान गुमाए

Posted on: 27 Apr, 2016

डिल्लीराज रावत/ बैशाख १४, सल्यान ।  सल्यानमा डढेलो नियन्त्रणका क्रममा २ आमा छोराले ज्यान गुमाएका छन । बढ्दो गर्मीसंगै लागेको आगो नियन्त्रणका क्रममा शारदा नगरपालिका ११ हिवल्चाका ४५ बर्षिया बालिका बस्नेत र उनका १२ बर्षका छोरा नविन बस्नेतको निधन भएको हो ।

घर नजिकैको जंगलमा लागेको डढेलो नियन्त्रणका क्रममा उनिहरुले ज्यान गुमाएको तुफान बाबु गिरीले जनाएका छन । मंगलबार बेलुका पौने पाँच बजेतिर उनिहरुको डढेलोमा परि निधन भएको हो ।

हिवल्चामा रहेको भैयादेवी सामुदायीक वनको १ सय ९८ हेक्टर क्षेत्रफलमा आगो लागेको र आगो नियन्त्रणका लागि स्थानिय क्रियाशिल रहेको स्थानिय दशरथ थापाले बताएका छन । उनका अनुसार मृतक आमाछोरा आगलागि नियन्त्रणका लागि क्रियाशिल बनेको बेला आगोबाट आएको धुवाको कारण बेहोस भएपछि आगोले जलेका हुन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!