मोरङमा दुई जनाको मृत्यु

Posted on: 03 Dec, 2017

मङ्सिर १७, विराटनगर | (रासस) | बेग्लाबेग्लै घटनामा मोरङमा शनिबार दुईजनाको मृत्यु भएको छ । 

लेटाङ नगरपालिका–१ किशे बाँकेमा २९ वर्षीय सागर लिम्बूको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ । खोलामा माछा मार्ने क्रममा लिम्बूलाई करेन्ट लागेको हो । 

त्यस्तै, सुन्दरहरैचा नगरपालिका–१० त्रिवेणी चोकमा रमेश अधिकारीको तीन वर्षीय छोरा रुपेशको शनिबार पोखरीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । खेल्ने क्रममा घर नजिकको पोखरीमा बालक डुबेका थिए । उनको सुकुना सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!