नुवाकोटमा टिपर दुर्घटना, ४० मिटर तल खस्यो

Posted on: 03 Dec, 2017

मंसिर १७, नुवाकोट (रासस) | किस्पाङ गाउँपालिका–५ शान्तिबजार नजिकै आज टिपर दुर्घटना हुँदा चालकसहित पाँचजना घाइते भएका छन् । 

बा४ख ७९२७ नंको टिपर दुर्घटना हुँदा चालक ककनी गाउँपालिका–४ का पदमबहादुर श्रेष्ठसहित गाडीमा सवार किस्पाङ गाउँपालिका–२ का सुमन तामाङ, रसुवा उत्तरगया गाउँपालिकाका कर्साङ तामाङ, श्याम तामाङ र दावा पन्त घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश भट्टराईले जानकारी दिनुभयो । 

घाइतेको जिल्ला अस्पताल त्रिशूलीमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँको वीर अस्पतालस्थित ट्रमा केन्द्रमा पठाइएको छ । त्रिशूलीबाट मैलुङतर्फ गइरहेको टिपर शान्ति बजार नजिकै नयाँ पुलमा अनियन्त्रित भई सडकबाट करिब ४० मिटर तल खसेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!