मदन मेमोरियल फुटबलमा तीन खेल

Posted on: 16 Apr, 2016

khel newsप्रकाश धौलाकोटी/बैशाख ४, तेह्रथुम । तेह्रथुम आठराईको सक्रान्तिबजारमा हरेक वर्ष लाग्ने मदन मेलाको अवसरमा सन्चालित मदन मेमोरियल पुरुष फुटबल अन्तर्गत शनिबार क्वाटर फाइनल चरणका तीन खेल सकिएका छन् ।

शनिबार भएको पहिलो क्वाटर फाइनल खेलमा प्रगतिशिल तमु युवा क्लब ह्वाकु, तेह्रथुमले ध्रुबतारा युवा क्लब अमरपुर, पाँचथरलाई ० विरुद्ध ३ गोल गर्दै अन्तिम चारमा आफ्नो स्थान पक्का गरेको छ ।

यस्तै अर्को खेलमा खाम्लालुङ गाविस सेतोले नमुना रानीटार युवा क्लब पाँचथरलाई ० का विरुद्ध ३ गोलले र अन्तिम खेलमा चम्किलो तारा युवा क्लब ईवा तेह्रथुमले वाईएससी लिसिबुङ सक्रान्ति, तेह्रथुमलाई ४–१ गोल अन्तरले पाखा लगाउँदै सेमिफाइनलमा प्रवेश गरेका छन् । क्वाटर फाइनल चरणको अन्तिम खेल आइतबार विहान ८ बजे आयोजक र युनाइटेड क्लब हाम्पाङ ताप्लेजुङका बीच हुने जनाइएको छ ।

यस्तै शनिबारै भएको महिला फुटबल तर्फको खेलमा चम्किलो तारा युवा क्लब इवालाई २–० गोलले हराउँदै लेकसाइट स्पोटिङ क्लब ताप्लेजुङ फाइनलमा प्रवेश गरेको छ । महिला तर्फको दोस्रो सेमीफाइनल खेल आइतबार विहान ७ बजे सुर्योदय क्लब जाँते मोरङ र ग्यालेक्सी स्पोटिङ क्लब निगुरादिन ताप्लेजुङ बीच हुने मेला समितिका विनोद निरौलाले जानकारी दिए । यस्तै मेलाकै अवसरमा आयोजित पुरुष भलिबल प्रतियोगिता तर्फ सुभाङ पाँचथर अनुपस्थित भएपछि झापा युथ क्लब स्वतः विजयी भएको छ । अर्को खेलमा नाइटस्टार ओयाक्जुङ तेह्रथुमले ईवा गाविसलाई पराजित गरेको छ ।

पुर्वका तेह्रथुमसहित पाँचथर, ताप्लेजुङ, ईलाम, झापा र मोरङका गरी मदन ममोरियल फुटबलतर्फ १५, महिला फुटबलतर्फ ६ र भलिबलमा ४ वटा टिम सहभागी छन् । मेलामा आयोजित मदन मेमोरियल फुटबलका विजेताले नगद ८१ र उपविजेताले ४४ हजार सहित कप मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । महिला फुटबल र पुरुष भलिबलतर्फ विजेताले नगद ३१ र उपविजेताले १८ हजार रुपैयाँ सहित कप मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । पुर्वान्चलकै पुरानो तथा ऐतिहासिक मदन मेला अन्तर्गत आइतबार लोक दोहोरी, धान नाँच, कविता वाचन लगायत प्रतियोगिताहरु सन्चालन हुने आयोजकले जनाएको छ ।

२०१५ सालबाट लाग्दै आएको पुर्वाञ्चलकै पुरानो मदन मेला तेह्रथुम जिल्लाकै पहिचान र यहाँका पर्यटकीय पुर्वाधारहरुको विकास एवम् प्रचार प्रसारमा सहयोग पुर्याउने लक्ष्यले लाग्दै आएको छ । रानी जगदम्बाले स्वर्गीय श्रीमान् मदन शमशेरको नाममा अक्षयकोष स्थापना गरी मेला सुरु गरिदिएको बताइन्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!