सिराहाको मिर्चैयामा एक वृद्ध माथी छुरा प्रहार

Posted on: 06 Dec, 2017

राम नारायण पंडित | मंसिर २०, सिरहा | मिर्चैया नगरपालिका ४ कुथनमामा गएराति एक जना बृद्ध माथी छुरा प्रहार भएको छ । छुरा प्रहारले स्थानिय करीब ५० बर्षीय राम अबतार महतो गम्भिर घाइते भएका छन् । 

घाइते महतोको स्थानिय स्तरमा उपचार सम्भब नभएपछि  थप उपचारका लागि बिपी कोइराला स्बास्थ्य बिज्ञान प्रतिष्ठान धरान रेफर गरिएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाए । छुरा प्रहार गरेको आरोपमा स्थानिय २ जनालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक (डिएसपी) गजुसिद्धि बज्राचार्यले बताए । 

पक्राउ परेकाहरुको  नाम गोप्य राखिएको छ । छुरा प्रहार आपसी झै– झगडाको कारणले भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!