काठमाडौंको नैकापमा शक्तिशाली बम बिस्फोट

Posted on: 07 Dec, 2017

मंसिर २१, काठमाडौं । दोस्रो चरण निर्वाचन अन्तगरगत मतदात सुरु हुने वितिक्कै काठमाडौंको एक मतदान केन्द्रमा बम विस्फोट भएको छ ।

नैकापको बिद्या मन्दिर मतदान केन्द नजिकै रहेको बाँसको झ्याङ्गमा बम पड्किएको  प्रहरीले जनाएको छ । स्थानीयका अनुसार ७:१५ मा बम विस्फोट भएको थियो । बम बिस्फोटबाट कुनै पनि मानवीय क्षति भने नभएको बताइएको छ ।

यस विषयमा थप अनुसन्धान भइरहेको बम पड्किएको स्थान वरिपरी सर्च अप्रेसन गरिरहेको प्रहरीले जनाएको छ । बम पड्किए स्थानिहरु त्रशित भएका छन् भने प्रहरी प्रसासनले सर्वसाधारणलाई ढुक्कसंग मतदानमा सहभागी हुन आग्रह गरेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!