मतदान गर्न जाने क्रममा डोटीमा एक महिलाको मृत्यु

Posted on: 07 Dec, 2017

मंसिर २१, डोटी । जिल्लाको खापरमाण्डौँ आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान गर्न जाने क्रममा एक महिलाको मृत्यु भएको छ । 

दमको रोगी रहेकी पूर्वीचौकी गाउँपालिका–७ तिमुरदहकी ७५ वर्षीया मुनादेवी कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

मृतक दमको रोगी रहेको र उकालो बाटो चढ्दा मृत्यु भएको बताइएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!