प्रदेशको सम्भावित राजधानीमै बम भेटियो

Posted on: 07 Dec, 2017

दलसिंह गिरी/मंसिर २१, सुर्खेत । प्रदेश नं. ६ को सम्भावित राजधानी सुर्खेतमा कुकर बम भेटिएको छ । 

सुर्खेत जिल्ला चिङ्गाड गाउँपालिका वडा नं. २ रानीवास भन्ने स्थानमा उक्त बम भेटिएको हो । रानीवासको जनता मावि र रजेनाको पाखापानी मतदान केन्द्र देखि तीन किलोमिटरको दुरीमा तार विच्छ्याएको अवस्थामा कुकर बम भेटिएको सुर्खेतका प्रहरी प्रवक्ता राज कुमार सिउँजुले बताउनु भएको छ ।

डेटोनेटर जडान सहित तार विछ्याइएको अवस्थामा तीन ठाउमा भेटिएको प्रेसर कुकुर वम नेपाली सेनाले डिस्पोज गरेको प्रहरी प्रवक्ता खिउँजुले जानकारी दिनु भएको छ ।

बम डिस्पोजका लागि नेपाली सेना सहित नेपाल प्रहरी र सशस्त्र प्रहरी पनि उक्त स्थान पुगेको प्रहरीले जनाएको छ । बुधबार विहान १० बजेतिर वम भेटिएको बम डिस्पोजका लागि नेपाली सेना सहित अन्य सुरक्षा टोली घटनास्थलमा साझ ६ बजे मात्रै पुगेको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!