मलेसियामा एक नेपालीको मृत्यु

Posted on: 10 Dec, 2017

चिसाङ शेर्पा/मंसिर २४, खोटाङ । मलेसियामा एक नेपालीको मृत्यु भएको छ । 

रोजगारीका सिलसिलामा ७ वर्षअघि मलेसिया पुगेका खोटाङको खोटेहाङ गाउँपालिका–७ खोटाङबजारका राजेन्द्र प्रधानको मृत्यु भएको हो । 

बस्दै आएको कोठा नजिक अर्धचेत अवस्थामा फेला परेका प्रधानको उपचारको क्रममा काजाङ अस्पतालमा मृत्यु भएको सँगै काम गर्दैआएका बिकास प्रधानले जानकारी दिए । 

मलेसियाको काजाङमा सेक्यूरिटीगार्डकारुपमा कार्यरत प्रधानको शव नेपाल ल्याएर पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने तयारी भइरहेको आफन्तले बताएका छन् । 

अस्पतालले उच्चरक्तचापका कारण मृत्यु भएको बताए पनि प्रधानको मृत्युलाई शंकास्पद मानिएको छ । प्रधानको हत्याको प्रयास भएको आफन्तको आशंका छ । मृतक प्रधानका श्रीमती, दुई छोरी र एक छोरा छन् । अभिभाबकको मृत्यु भएपछि प्रधान परिवारको विचल्नी भएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!