दृष्टि विहिन तथा सुस्त श्रवण भएका विद्यार्थीलाई सरसफाई सामाग्री वितरण

Posted on: 11 Dec, 2017

दान बहादुर बुढा/मंसिर २५, मुगु । विश्व मानव अधिकार दिवसका अवसरमा जिल्लामा सरकारी निकायबाट कुनै कार्यक्रम नगरिए पनि गैर सरकारी संस्थाले जिल्लामा रहेका दुईवटा विशेष कक्षाका विद्यार्थीलाई सरसफाई सामाग्री वितरण गरेका छन ।


सदरमुकाम स्थित महाकालि माध्यामिक विद्यालयमा रहेको विशेष कक्षामा अध्ययनरत २३ जना सुस्त श्रवण भएका विद्यार्थी र प्रावि बाल मन्दिरमा रहेका दश जना दृष्टि विहिन विद्यार्थीलाई सामाग्री वितरण गरिएको हो । 

मानव अधिकारका क्षेत्रमा काम गरिरहेका किर्डाक नेपाल र हिमाली ग्रामीण युवा समाज विकास केन्द्र हिरिसडेक मुगुले संयुक्त रुपमा सरसफाई सामाग्री वितरण गरेको प्रावि बाल मन्दिरका प्रधानाध्यापक दिलिप कुमार शाहीले जानकारी दिए ।

रुमाल, सावुन, ब्रस, टुथपेष्ट, काईयो, नङ्गकट लगायतका सामाग्री विद्यार्थीलाई वितरण गरिएको छ । 


महिनावारी हुने छात्रालाई दैनिक प्रयोग हुने सामाग्री सहित सेनिटरी प्याड समेत प्रदान गरिएको र प्रति विद्यार्थीलाई एक हजार बरावरको सामाग्री उपलब्ध गराईएको तथा केही दिनमा उनिहरुका लागि शैक्षिक सामाग्री समेत उपलब्ध गराईने हिरिसडेक मुगुका अध्यक्ष मिनबहादुर रावलले बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!