कालीकोटमा दुई जना पत्रकार रिहा

Posted on: 13 Dec, 2017

मंसिर २६, कालीकोट । निर्वाचनको विषयलाई लिएर गिरफ्तार दुई जना पत्रकार रिहा भएका छन । 

रिहा हुनेमा नेपाल पत्रकार महासंघ कालीकोटका कार्य समिति सदस्य तथा जनप्रभात साप्ताहिकका समाचार प्रमुख साथै क्रान्तिकारी पत्रकार संगठनका जिल्ला उपाध्यक्ष जगदिशनाथ योगि र जनप्रभात साप्ताहिकका प्रकाशक काली बहादुर महतारा रिहा हुनु भएको हो । 


काली बहादुर महतारालाई गएको मंसिर एक गते आफ्नै कोठाबाट प्रहरीले गिरफ्तार गरेको थियो भने योगिलाई पत्रिकाको कार्यालयबाट कोठामा जांदै गरेको अवस्थामा सदरमुकाम मान्म बजारबाट मंसिर ४ गते पक्राउ गरेर सार्वजनिक मुद्धामा २४ दिन पछि रिहा हुनु भएको हो । योगि आज रिहा हुनु भएको हो भने महतारा २४ गते रिहा हुनु भएको बताइएको छ । 

दुवै जना पत्रकारहरुलाई बन्दि प्रत्यक्षिकरण मुद्धामा जिल्ला अदालत कालीकोट र सर्वोच्च अदालतमा रिट हालिएको छ । दुवै पत्रकारहरुलाई क्रान्तिकारी पत्रकार संगठनका केन्द्रिय सदस्य रुपेन्द्र ऐडीले सम्मान गर्नु भएको हो । 

सम्मान कार्यक्रममा बोल्दै ऐडीले सरकारले पत्रकारहरुलाइै विना कारण गिरफ्तार गरेकोमा आपत्ति जनाउदै लोकतान्त्रिक गणतन्त्रमा मौलिक हक र नागरिकको बाँच्न पाउने अधिकारको गयोरन्टि नभएकाले लडाई जारी राख्नु पर्ने बताउनु भएको छ । 

गिरफ्तार पत्रकारहरुले हिरासतमा रहंदा सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संघ संस्था, स्थानिय निकायका प्रतिनिध, शुभ चिन्तकहरुलाई धन्यवाद दिनु भएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!