दार्चुलामा भिरबाट लडेर म्यादि प्रहरीको मृत्यु

Posted on: 14 Dec, 2017

लोकेन्द्र प्रशाद जोशी/मङ्सिर २८, दार्चुला । दार्चुला जिल्लाको नौगाड गाउँपालीका वडा नम्बर २ मा एक जना म्यादि प्रहरीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा नौगाड २ खारका १९ बर्षीय रबिन्द्र सिह ठगुन्ना रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

नौगाड २ सुन्डुमुन्डुबाट पारीमेला जानेक्रममा गस्तीमै रहेको बेला बुधबार दिउँसो १ बजेतिर भिरबाट करिब २५० मिटर तल खसेर ठगुन्नाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले बताएको हो ।

मृतक ठगुन्ना पहिलो चरण अन्तरगत यहि मंसीर १० गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्बाचनको सुरक्षार्थ नियुक्त भएका थिए । 

मृतकको परिवारलाइ क्षतिपुर्तीका लागी नेपाल सरकारसंग आबश्यक प्रकृर्यासहित माग गरीएको जिल्ला प्रहरी प्रमुख डिएसपी जनक बहादुर शाहीले बताउँनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!