सप्तरीमा हात्तीको आक्रमणबाट मृत्यु भएकाका परिवारलाई सहयोग

Posted on: 15 Dec, 2017

मङ्सिर २९, राजविराज । हात्तीको आक्रमणबाट मृत्यु भएका सप्तरी कञ्चनरुप नगरपालिका–२ की ६५ वर्षीया फुलवादेवी यादवका परिवारलाई बिहीबार रु ५० हजार आर्थिक सहयोग गरिएको छ । 

राष्ट्रिय प्रकृति संरक्षण कोषमार्फत जीविकोपार्जनमा सहयोगका लागि मृत्यु भएकी फुलवा देवीका पति बिलेती तैथवार यादवलाई कोषका कार्यक्रम अधिकृत वीरेन्द्र गौतमले सो रकम प्रदान गरेको स्थानीय राजकुमार पासवानले जानकारी दिनुभयो । 

कोशीटप्पु वन्यजन्तु आरक्षका निमित प्रमुख संरक्षण अधिकृत चुमन ठाकुर, बदगामा–जगतपुर मध्यवर्ती क्षेत्र उपभोक्ता समिति अध्यक्ष तथा कोशी टप्पु मध्यवर्ती व्यवस्थापन समितिका पूर्व अध्यक्षसमेत रहनुभएकी रेणु साह र शत्रुभञ्जन गुल्मका गुल्मपतिसमेतको उपस्थितिमा सो रकम हस्तान्तरण गरिएको बताइएको छ । 

मंसिर १२ गते कोशी टप्पु वन्य जन्तु आरक्षबाट निस्केको हात्तीले फुलवादेवी यादवलाई आक्रमण गर्दा उनको मृत्यु भएको थियो । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!