मान्छे मार्ने नियतले कुटपीट हुदाँ समेत प्रशासन र प्रहरीले उजुरी दर्ता गरेन

Posted on: 16 Dec, 2017

पर्वत ।जिल्ला प्रशासन कार्यालय पर्वत र जिल्ला प्रहरी कार्यालय पर्वतले न्याय खोज्न आएका एक शिक्षकको उजुरी दर्ता गर्नको लागि आनाकानी गरेको छ । बाच्छामा रहेको जनप्रिय प्राविका प्रअ शिवबहादुर पाठकमाथि गत आइतबार फलेवास नगरपालिका ११ अम्डीमा  कुटपिट भएको     थियो । टाउकोमा गम्भीर चोट लाग्ने      गरी कुटपीट गरेको र  सात वटा टाँका समेत लगाएको भएपनि पीडीत पक्षको     कुरा नसुनी प्रशासन र जिल्ला प्रहरी कार्यालयले मुद्धा दर्ता गर्नको लागि आनाकानी गरेको पीडित शिक्षकको आरोप छ ।  पुरानो रिसिवी साध्न नेपाली काँग्रेस फनपा ११ का कोषाध्यक्ष हर्कबहादुर कँडेल र सोमबहादुर कँडेल क्षेत्रीले  उनीमाथि ज्यानमार्ने नियत राखि हमला     गरेको उनको आरोप छ ।

पीडित पक्षलाइ न्याय दिनुको सट्टा प्रशासन र प्रहरीले पीडित पक्षको कुरानै नसुनि पिडक पक्षको एक तर्फी कुरा सुनी थप पीडा दिएको भन्दै शिक्षक पाठकले विज्ञप्ती मार्फत आफूले न्याय नपाएको गुनासो गरेका छन् । पिडित शिक्षक पाठकले खुलेआम सार्वजनिक स्थानमा एक शिक्षक मरणसन्न हुने गरी कुटिदाँ पनि न्याय पाउन नसकेको विज्ञप्तीमा उल्लेख गरेका छन् । यता जिल्ला प्रहरी कार्यालय पर्वतका  डिएसपी दिलिप घिमिरेले दोषी स्वयम पीडित भएनिका व्यक्ति शिक्षक पाठकनै भएको बताएका छन् ।

रक्सी सेवन गरी तीन जना एकाआपसमा झगडा गरेको स्थानीयलाई उदृत गर्दै उनले भने । हामीले दोषि भनिएका व्यक्ति, स्थानीयबासी, वडा अध्यक्ष सवैलाई छलफलमा राखेर घटनाको बारेमा बुझेका थियौं । घटनाको बारेमा बुझ्दा चोट शिक्षक पाठक माथि लागेपछि घटनाको मुख्य जड शिक्षकनै रहेको उनले बताए ।सवै प्रक्रिया र सहमति मिलेपछि मात्रै हामीले मुद्धा दर्ता नगरी सहमतिमानै टुंगाएका हौ उनले     भने । उनले जिल्लामा हुने अधिकांश घटनाहरुको मुख्य जड मदिरा भएको बताए । हामी कहाँ जतिपनि घटनाहरु आउँछन त्यसको ८० प्रतिशत घटना मदिरासँग जोडिएका छन् । उनले भने ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!