दोलखामा भिरबाट लडेर एकको मृत्यु

Posted on: 16 Dec, 2017

ताराबहादुर महत। पुस १, दोलखा । भिरबाट लडेर दोलखाको कालिञ्चोक गाउँपालिकामा एक पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कालिञ्चोक गाउँपालिकामा वडा नम्बर ६ गुर्जपाका ३२ बर्षिय सुकबहादुर कार्की रहेको स्थानिय कृष्णबहादुर बस्नेतले जानकारी दिनुभयो । शुक्रबार बेलुकीदेखि हराईरहेका कार्कीको शव आज विहान करिब १० बजे मुंसा खोलाको भिरमुनि फेला परेको हो । शव देख्ने वित्तिकै स्थानियले प्रहरीलाई खबर गरेको र अहिले प्रहरी टोलि पुगेर आवश्यक अध्ययन गरीरहेको दोलखाका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो ।

मृतक कार्कीले अत्याधिक मात्रामा मादक पदार्थ सेवन गर्ने गरेकोले मादक पदार्थ सेवन गरेको बेला भिरबाट लडेको हुनसक्ने प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतक सुकबहादुरले मादक पदार्थ सेवन गरेको बेला भिरबाट लडेको हुन सक्ने कार्कीका परिवारजनले पनि बताएका छन ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!