संरचना साकाेसकाे ८औँ वार्षिक साधारणसभा एवम् बनभाेज कार्यक्रम सम्पन्न

Posted on: 17 Dec, 2017

प्रज्वल पाैडेल/पुस २, काठमाण्डौं । संरचना बचत तथा ऋण सहकारी संस्थाकाे अाठाैँ वार्षिक साधारणसभाले नयाँ नेतृत्व चयन गरेकाे छ।

शनिबार काठमाण्डौंस्थित चाेभारमा अायाेजित भेलाले रूद्रहरी अधिकारीकाे अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेकाे हाे । नवगठित कार्यसमितिको उपाध्यक्षमा मञ्जु पहाडी, सचिवमा सुशील पाैडेल, काेषाध्यक्षमा ज्ञानु श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा कमल अधिकारी, निर्मल पाैडेल,सुरेन्द्र लामा,भूपेन्द्र भुषाल,सुजित श्रेष्ठ,सविन श्रेष्ठ र कविता खत्री रहेका छन् ।


यसैगरी सहकारी संस्थाले विभिन्न उपसमिति समेत गठन गरेकाे छ । जसअन्तरगत रीता उप्रेतीकाे संयाेजकत्वमा ३ सदस्यीय लेखा समिति गठन भएकाे छ । सदस्यहरूमा कमला बज्राचार्य,राजेन्द्र थापा रहेका छन् । यस्तै सुरेन्द्र लामाकाे संयाेजकत्वमा ३ सदस्यीय ऋण समिति गठन भएकाे छ । सदस्यहरूमा कृष्णमाया श्रेष्ठ, गाैतम लामिछाने रहेका छन् ।

कार्यक्रममा सहकारी संस्थाका सचिव सुशील पाैडेलले स्वागत मन्तव्य राखे । त्यस्तै काेषाध्यक्ष कमलप्रसाद अधिकारीले अार्थिक प्रतिवेदन प्रस्तुत गरे ।


सहकारीका अध्यक्ष रूद्रहरी अधिकारीकाे अध्यक्षतामा भएको साे कार्यक्रममा अतिथिहरूमा नमुना दिप युवा क्लबका सचिव निराेज पाैडेल, सहकारीकर्मी लिलानाथ चाैलागाई,दीपक भट्टराई, पदम प्रसाद अधिकारी, पत्रकार प्रज्वल पाैडेल,प्रजित शाक्य रहेका थिए । 

संस्थाका अध्यक्ष अधिकारीले अागामी दिनमा सहकारीलाई नयाँ ढङ्गले व्यवस्थापन गरि अगाडि बढाउदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले सबैसँग हातेमालो गर्दै संस्थाका शेयर सदस्यकाे हितमा अाफु निरन्तर लाग्ने बताए ।


यसैविच नमुनादीप युवा क्लबकाे अाठाै साधारणसभा सम्पन्न भएकाे छ । शनिबार काठमाण्डौंस्थित चाेभारमा क्लबका अध्यक्ष विष्णु कुमार पाैडेलकाे अध्यक्षता एवम् रूद्रहरी अधिकारीकाे अातिथ्यतामा साधारणसभा भएको हाे । काठमाण्डौंकाे वानेश्वरमा क्लब र सहकारीकाे समन्वयमा सुरूवात देखि नै कार्यसम्पादन हुँदै अाएकाे छ ।

दुवै संस्थाकाे समन्वयमा साधारणसभाकाे अवसरमा चाेभारकाे मञ्जु श्री पार्कमा बनभाेज कार्यक्रमकाे अायाेजना समेत गरिएको थियाे । कार्यक्रममा सहकारी संस्था तथा क्लबका सदस्य लगाएतको उपस्थिति रहेकाे थियाे ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!