निर्वाचनका लागि खटाइएका शसस्त्र प्रहरी फर्काईदै

Posted on: 17 Dec, 2017

टेक शाही | पुस २, डोल्पा (साझासवाल) | मँसिर १० मा भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागी सुरक्षामा खटाइएका शसूत्र प्रहरी फर्काईदै छ । डोल्पा जिल्लाका बिभिन्न क्षेत्रमा निर्वाचनका लागि सुरक्षाका गर्न खटाइएका शसस्त्र प्रहरिलाइ डोल्पाबाट क्षेत्रमा फर्काइएको हो । 

कोहलपुरमा रहेको क्षेत्रिय गणबाट डिएसपीको नेतृत्वमा ५० जना शसस्त्र प्रहरी डोल्पा सदरमुकाम दनुैमा नेपाली सेनाको हेलिकप्टरले पुराएको थियो । करिव साढे एक महिना सम्म क्याम्प राखेर बसेको एपीएफले निर्वाचनमा भरपूर सुरक्षा दिएको जिल्ला सुरक्षा समितिका सँयोजक प्रमूख जिल्ला अधिकारी केशबराज आचार्यले जानकारि दिए । उनले भने नेपाली सेना, एपीएफ,नेपाल प्रहरी र म्यादी प्रहरीको तिन सुरक्षा घेरामा सुरक्षा दिएर शान्त पूर्वक निर्वाचन सम्मपन्न भएको बताए । 


एपीएफको डोल्पा जिल्लामा कुनै गुल्म तथा ब्यारेक भने स्थापना भएको छैन । निर्वाचन हुदा त सुरक्षाको लागि अनिवार्य जस्तै भए पनि हरेक बर्ष एपीएफ डोल्पा आउन पर्ने बाध्यता रहेको छ । बैशाखको पहिलो साताबाट हिमाली पाटनमा पाइने यार्सा गुम्बा सँकलनमा जानेहरुका लागि सुरक्षा दिन एपीएफ डोल्पाका आउने गर्दछ । 

आज भन्दा तिन बर्ष पहिले देखि नै जिल्लाको सर्वदलिय बैठकले एपीएफको एक टुकडी डोल्पा जिल्लामा हुनु पर्ने भन्दै केन्द्रमा माग गरे पनि त्यसको सुनुवाइ भने नभएको जिल्लाका राजनितिक दलहरु बताउछन । नेपाली सेनाले राष्ट्रिय निकुञ्जको मात्र संरक्षण गर्ने, नेपाल प्रहरीले सबै क्षेत्रमा सुरक्षा दिन कठिन हुने र थप सुरक्षाको लागी एपीएफ पनि आवास्यक भएको जिल्ला सुरक्षा समितिको दावी रहेको छ । 

डोल्पा जिल्ला भौगोलिक रुपमा ठुलो जिल्ला भएको कारण सुरक्षा चुनौति पनि धेरै रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारि दिएको छ । उच्च हिमाली जिल्ला भएको कारण पनि प्रहरीले सहजै रुपमा जनताको भने जस्तो सुरक्षा प्रदान गर्न नसकेको र भौगोलिक बिकटताको अबस्था हेर्दा हदै सम्मको सुरक्षा प्रदान गरेको प्रहरी नायव उपरिक्षक हरिप्रसाद शर्माले बताए । 


सुरक्षा चुनौति धेरे भएको कारण देशका सबै सुरक्षा निकायका सुरक्षा हुन जरुरी रहेको नागरिकको भनाइ रहको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!