जाडोको कारण जनजिवन प्रभावित, जाडो छल्न चोक-चोकमा आगो

Posted on: 17 Dec, 2017

राम नारायण पंडित, पुस २, सिरहा । जाडोबाट बाच्न मिर्चैयामा आगो बालिएको छ । बढ्दै गएको जाडोलाई मध्य नजर गर्दै जाडोबाट बाच्न मिर्चैयाको बिभिन्न चौकहरुमा आइतवार आगो बालिएको छ । जाडो छल्नका लागि मिर्चैयाको कटारी चोक, साझा सल्हेश चोक लगायतका स्थानहरुमा आगो बालिएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक (डिएसपी) गजुसिद्धि बज्राचार्यले बताए । 

सेक्टर बन कार्यालय मिर्चैयासंग समन्बय गरि आगो बालिएको डिएसपी बज्राचार्यले बताए । बढ्दै गएको जाडो छल्नका लागि चोकहरुमा आगो बाल्नका लागि आबश्यक दाउरा उपलब्ध गराएको सेक्टर बन कार्यालय मिर्चैयाका प्रमुख झारोखी साहले जनाए । 


जाडोले जनजिवन प्रभावित

जाडोले सिरहा सहित तराईका जनजिवन प्रभावित भएको छ । सिरहा सहित तराईका जिल्लाहरुमा विगत केहि दिनदेखि एकाएक बढेको जाडोले जनजिवन कष्टकर बनेको छ । विहानै देखि वाक्लो हुस्सु संगै चिसो हावा चलेका कारणले जनजिबन थप प्रभाबित हुदैँ गएको छ । जाडो बढेकोले दैनिक दिनचर्या विताउन समेत समस्या भईरहेका छन् । जाडोको कारण सिरहा, सप्तरी, सुनसरी, मोरंग, झापा, धनुषा, महोतरी, सर्लाही, बारा, पर्सा लगायतका जिल्लाहरुको जनजिबन अस्तब्यस्त बनेको छ । जाडो बढेपछि खासगरी बालबालिका र वृद्धवृद्धाहरु बढि समस्यामा परेको छ । चिसो बढेसंगै सर्बसाधारणहरु गरम कपडा र आगो ताप्ने व्यवस्था गर्न थालेका छन् । अत्यधिक जाडोका कारण बजारहरुमा न्यानो कपडाको बिक्री बढेको स्थानिय व्यावसायीहरुको भनाई छ । जाडोमा लगाईने ज्याकेट, सुइटर, टोपि, ट्राउजर, हाइनेक लगायतका बाक्लो कपडाहरुको बिक्रि बढेको छ । यता, चिसोको कारण बिरामीहरुको संख्या बढेको अस्पतालका संचालकहरुले बताएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!