निर्वाचन विरोधी गतिविधिका आरोपी तारिखमा छुटे

Posted on: 18 Dec, 2017

पुस ३, भोजपुर । निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका १० जनामध्ये आठ जनालाई तारिखमा रिहाइ गरिएको छ । 

निर्वाचन बिथोल्ने गतिविधिको आशंकामा जिल्लाको विभिन्न ठाउँबाट पक्राउ परेकामध्ये दुई जनाको भने अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । 

प्रहरीले भोजपुर सदरमुकाम, सिद्धेश्वर, छिनामखु, बोयालगायत विभिन्न ठाउँबाट उनीहरूलाई नियन्त्रणमा लिएको थियो । 

निर्वाचन मत परिणाम सार्वजनिक भएसँगै उनीहरू तारिखमा छुटेका हुन् । पक्राउ परेका अन्य दुई जनाको विषयमा भने मुद्दा चलिरहेको प्रहरी निरीक्षक चरित्र विक्रम कार्कीले जानकारी दिनुभयो । 

उनीहरूलाई रु एक÷एक हजार धरौटी लिएर तारिखमा छाडिएको सहायक प्रमुुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिनुभयो । रासस  

यस बिषयमा तपाइको प्रतिक्रिया...!