रामेछापको भाेर्लेनी सामुदायिक बनमा अागाेलागी, नियन्त्रण गर्न कठिन (तस्बिरसहित)

Posted on: 18 Dec, 2017

प्रज्वल पाैडेल/पुस ३, रामेछाप । रामेछापको लिखु गाउँपालिका -२ स्थित सैपुकाे सामुदायिक बनमा अागाेलागी भएकाे छ । 

साेमबार विहान करिब ३/४ बजेबाट भाेर्लेनी सामुदायिक बनमा निरन्तर डडेलाे लागेकाे हाे । करिब १२० हेक्टर क्षेत्रफल रहेकाे साे बनमा अहिलेसम्म करिब १०० राेपनि भन्दा बढी क्षेत्रफलमा अागाे लागेर जंगलका बुट्यानहरू नष्ट भईसकेकाे सामुदायिक बन उपभोक्ता समितिका काेषाध्यक्ष टीका प्रसाद पाैडेलले जानकारी दिए । 


सैपुका स्थानीयले विहान ९ बजे अागाे निभाएर फर्किएपनि पुन: सल्केर अागाे फैलिएपछि सैपुका मावि विद्यालयका विद्यार्थी, शिक्षक, स्थानीय उपभोक्ता सक्रिय हुदाँ समेत अागाे नियन्त्रणमा लिन कठिन भएकाे उनले बताए । 

दिउसो अागाेलाई पुन निभाएपनि अहिले बेलुकीकाे समयमा पनि जंगलमाथि साना- साना धुवाँकाे मुस्लाे देखिरहेकाे सामुदायिक बनका सचीव छविरमण निराैलाले जानकारी दिए । 


विशेषगरी सल्ला हुने क्षेत्रमा अागाे लागि भएकाले सल्लिपिरकाे भित्री भागमा अागाे रहिरहदा जङगलमा आगो निभाउन असहज भएको सचिव निराैलाले बताए । उनले भने - ' सल्लाकाे वाक्लाे पत्करमा कहाँ अागाे लुकेकाे हुन्छ र पछि देखा पर्छ, सल्लाकाे गेडा बल्दै गुड्दा पनि फैलिन्छ, धेरै स्थानमा नियन्त्रणमा अाईसकेकाे छ ।'

अागाे पुरानाे स्कुल, घ्याम्पागाढे, राम्चे, भदाैरे लगाएतकाे क्षेत्रमा लागेकाे हाे । गाविस भवन मुनिकाे चण्डेश्वरी उमाविकाे पुरानाे भवन हुँदै वेशी झर्ने अाेरालाे बाटाेमा विहानी पख हिड्ने पैदल यात्री अागाे लगाउदै हिडेकाे अनुमान स्थानीयले गरेका छन् । 


उनीहरूले बाटाेकाे दायाँबायाँ विभिन्न स्थानमा अागाे लगाउदै निभाउदै गरेकाे धेरै ठाउँमा भेटिएको बताएका छन् । अागाे एउटै स्थानबाट नभई फरक फरक स्थानबाट सल्किएकाे छ ।

सामुदायिक बनमा अागाे कसले लगाएकाे हाे पत्ता अझै नलागेकाे र अनुसन्धान जारी राखिएको बताइएको छ । यस अगाडि लागेकाे अागाेले पनि ठुलाे बन विनास भएकाे थियाे ।


तस्विर/सुशील पाैडेल

यस बिषयमा तपाइको प्रतिक्रिया...!