दार्चुलामा एक महिला मृत फेला

Posted on: 19 Dec, 2017

लोकेन्द्र प्रशाद जोशी | पुस ४, दार्चुला । दार्चुला जिल्लाको दुहु गाउँपालीका वडा नम्बर ५ मा एक महिला मृत अवस्थामा फेला परेकी छन । मृतक अन्दाजी ५० बर्षीय बिस्ना कुवर रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।  

कुवर घर नजिकैको रुखमा झुन्डीएको अवस्थामा फेला परेको स्थानिय बिर बहादुर कुवरले प्रहरीलाइ जानकारी गराएपछि घटनाबारे थप अनुसन्धानकोलागी जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट सइ भुबन बिक्रम शाहको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ खटिएको छ । घटनाबारे थप बिबरण आउँन बाकी रहेको प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!