गिँजाको अप्रेसन गर्दा एकको मृत्यू, स्थिति तनावग्रस्त

Posted on: 20 Dec, 2017

प्रेम सुनार/पुस ५, गुल्मी । गुल्मीको रेसुङ्गा अस्पत्तालमा दाँतको उपचार गर्न पुगेका व्यक्तिको मृत्यू भएपछि तनाव उत्पन्न भएको छ । 

मालिका गाउँपालिका ६ अर्जेका ५३ वर्षिय शिवलाल अर्यालको गिँजाको पिप निकाल्ने क्रममा मंगलबार राति ८ बजे मृत्यू भएको थियो । सामान्य दाँत दुखेर रेसुङ्गा अस्पत्ताल भर्ना भएका अर्याललाई डाक्टरले गिँजाको पिप निकालेपछि ठीक हुन्छ भनेर अप्रेसन गरेको तर अप्रेसन पछि उनको होस नफर्केको मृतकका आफन्त बुद्धि गौतमले बताए । 

दाँत दुखेपछि मंगलबार दिउँसो २ बजे बिरामी अस्पताल पुगेका थिए । डाक्टरको लापरबाहीले सामान्य अवस्थाका मान्छेको ज्यान गएको आफन्तको आरोप छ । ‘तपाइँहरुले नसक्ने भए बाहिर लैजान्छौँ भनेको हो, तर डाक्टरले मानेनन,’ गौतमले भने,‘अन्त्यमा बिरामीको ज्यान नै लिए । 


अर्यालको मृत्यूपछि उनका २१ वर्षिय छोरा अस्पत्तालमै बेहोस छन । डाक्टरको लापरबाहीको कारण मृत्यू भएको भन्दै मृतकको शव मृतकको शव उठाईएको छैन । ‘अस्पतालको लापरबाही देखिएपछि अहिले हामीले शव छुने कुरा हुँदैन, अझ प्रहरी बोलाएर बल प्रयोग गरियो,’ स्थानीय बालकृष्ण अर्यालले भने ‘परिवार र आफन्तहरु मात्र हैन सिङ्गो अर्जेलाई शोकमा डुवाइएको छ ।’

प्रहरीले बल प्रयोग गर्दा सदरमुकाम मौन: वडाअध्यक्ष

मालिका गाउँपालिका ६ का वडा अध्यक्ष शोभाखर गिरीले अस्पतालका लागि यो घटना नौलो नभएको बताए । उनले पहिले पनि अरु धेरै घटना घटेका तर पहुँचवालाको लगानी भएकाले लुकाएर बाहिर आउन नदिएको आरोप लगाए । ‘यो अर्जेको मात्र बिषय होइन, भोली धेरैले खेप्ने समस्या हो,’उनले भने,‘तर प्रहरीले बल प्रयोग गर्दा सिङ्गा सदरमुकाम मौन छ ।’ यो कुराबाट नै अस्पतालको दादागिरी प्रष्ट हुने उनले बताए ।

डाक्टरहरुलाई स्कटिङ्ग गरेर जिप्रका पु¥याइयो

रेसुङ्गा अस्पतालका डाक्टर याम भुजेलले यो घटनाले आफुहरुलाई झुक्काएको बताए । अप्रत्यासित बिरामीको मृत्यु भएपनि अफुहरुको त्यसका कुनै नियत नभएको उनले बताए । डाक्टर प्रकाश पुन, यम भुजेल र बिक्रम बस्नेतले अप्रेसन गरेका थिए । अस्पतालमा बनाव बढ्दै गएपछि प्रहरीले रेसुङ्गा अस्पतालका तीन जना डाक्टरहरुलाई नै स्कटिङ्ग गरेर प्रहरी कार्यालय लगेको छ । 

मृतकका आफन्तले अस्पतालबाट डाक्टरलाई हत्कडी लगाएर लैजानुपर्ने माग गरेपछि केहिवेर नाराबाजी र तनाव समेत भएको थियो । अब कसरी अगाडी बढ्ने भन्ने बिषयमा अहिले पीडितका आपन्त, अस्पताल, प्रसासन र सरोकारवालाबिच छलफल चलिरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक डाक्टर प्रसाद चौधरीले बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!