कर्जन्हामा सुरुङ खनेर लाखौको चोरी

Posted on: 20 Dec, 2017

राम नारायण पंडित | पुस ५, सिरहा | कर्जन्हा नगरपालिकामा सुरुङ खनेर लाखौ मोलबराबरको चोरी भएको छ । मंगलबार राति करीब ११ बजे अज्ञात समूहले कर्जन्हा नगरपालिका ११ मा ६ घरमा सुरुङ खनेर लाखौंको चोरी गरेका छन् । 

स्थानिय सरोज पासमान, धर्मेन्द्र पासमान, रामपुजन पासमान, प्रेमा यादवको घरमा सुरुङ खनेर चोरी भएको हो भने रामबहादुर राउत र जय किशोर महराको घरमा सुरुङ खनेर चोरीकोे प्रयास भएको छ ।

 सरोजको घरवाट १ लाख ७ हजार नगद, आधा तोला सुनका गरगहना र लत्ताकपडा, धर्मेन्द्रको घरवाट २० हजार नगद र आधा तोला सुनका तिलहरी, प्रेमाको घरवाट ४० हजार नगद त्यस्तै, रामपुजनको घरवाट ४० हजार नगद, आधा तोला सुनका गरगहना चोरी भएको पिडितहरुले बताए । 

कर्जन्हा प्रहरी चौकीदेखि करीब २ सय मिटरको दुरिमा सुरुङ खनेर चोरी भएकोले जनता पुर्ण रुपले असरक्षित रहेको प्रष्ट भएको पिडित सरोज पासमानले आरोप लगाए ।


यता, कर्जन्हा प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक धुलसिंह जिम्वाले घटनाको अनुसंधान तिब्र रुपमा भईरहेको बताए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!