चौकीलाई एक व्यक्तिद्धारा एक लाख रुपैयाँ बराबरको सामाग्री निशुल्क प्रदान

Posted on: 21 Apr, 2016

प्रकाश धौलाकोटी/ बैशाख ९, तेह्रथुम । तेह्रथुमको ईवा गाविसस्थित इलाका स्वास्थ्य चौकीलाई एक युवा समाजसेवीले प्रसुति गराउन आवश्यक पर्ने एक लाख रुपैयाँ मुल्य बराबरका सामाग्री निःशुल्क रुपमा प्रदान गरेका छन् ।

तेह्रथुमको ह्वाकु गाविसमा जन्मिएर हाल युकेमा कार्यरत चन्द्रबहादुर इङनामले इवा प्रसुती गृह तथा इलाका स्वास्थ्य चौकीमा आउने बिरामीहरुलाई लक्षित गरी एक लाख रुपैयाँ मुल्य बराबरका सामाग्रीहरु निःशुल्क उपलब्ध गराउनुभएको हो । ईङनामले स्वास्थ्य चौकीलाई बेड, सिरानी, ब्लानकेट, एमरजेन्सी लाइट, मेटर्स डसना ३–३ थान साथै एक थान टेवल र वेट मेसिन निशुल्क रुपमा प्रदान गरेको स्वास्थ्य चौकीकी निमित्त इन्चार्ज तुलसा इङनामले बताउनुभयो ।

उक्त सामाग्रीहरु बिहीबारै एक कार्यक्रमका बीच समाजसेवी इङनामका प्रतिनिधि नरेन्द्रकुमार ईङनामले स्वास्थ्य चौकीलाई हस्तान्तरण गर्नुभएको छ । जिल्लाका इलाका नं. ११ अन्तर्गत पर्ने पुर्वी ईवा, ह्वाकु र छातेढुंगा गाविसका सेवाग्राही लाभान्वित हुने सो स्वास्थ्य चौकीसँगै केही वर्ष अगाडि नै प्रसुति गृहको स्थापना भएपनि अहिलेसम्म आवश्यक बेड लगायतका सामाग्री नहुँदा समस्या हुँदै आएको थियो । समाजसेवी इङनामले दिएका समागी्रबाट स्वास्थ्यचौकीको दैनिक सेवाप्रवाह सँगै बुढाबुढी, केटाकेटी र प्रसुती गराउन आउने महिलाहरुलाई सजिलो हुने भएको छ । अब स्वास्थ्य चौकीमा बिरामीको चाप बढेका बेला भुँईमै बिरामी राखेर सेवा प्रवाह गर्नुपर्ने बाध्यता हटेर जाने स्वास्थ्य चौकीका निमित्त इन्चार्ज इङनामले जानकारी दिनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!