वडा अध्यक्षले मनोमानी रकम दिएको भन्दै स्थानिय आक्रोसित

Posted on: 23 Dec, 2017

पुस ८, बझाङ । जयपृथ्वी नगरपालिका वडा नम्बर १० का वडा अध्यक्षले लक्षित बर्गको रकम मनोमानी वितरण गरेको भन्दै स्थानियबासी आक्रोसित भएका छन । 

लक्षित वर्गमा पर्र्ने एकल, महिला,जेष्ठ नागरिक,अपाङ्घहरु लगायतको बजेट वडा अध्यक्ष दल बहादुर बिष्टले हचुवाको भरमा बितरण गरेको भन्दै वडा नम्बर १० का स्थानियव वासी आक्रोसित बनेका हुन ।

चैनपुरका धेरै एकल महिला तथा जेष्ठ नागरिक तथा अपाङ्घहरुले आफुले पाउनुपर्ने सुविधा नपाएको स्थानिय ईश्वर चित्रकारले बताएका छन  । उनले भने गाउँ ठाउँको विकास गर्लान भनि चुनिएका जनप्रतिनिधिले यसरी यसरी राज्यले दिएको सेवा सुविधाबाट बञ्चित गरेको उहाँको भनाइ छ । 

यता वडा अध्यक्ष दल बहादुर बिष्टले भने केहि जेष्ठ नागरिक, एकल महिला तथा अपाङ्घहरुको डाटा संकलन नभएको हुँदा छुटेको हुन सक्ने बताएका छन । 

छुटेकाले पनि राज्यबाट पाउने सुविधा पाउने उनको भनाइ रहेको छ । टेकेन्द्र बोहराको सहयोगमा 


यस बिषयमा तपाइको प्रतिक्रिया...!