बेलायबाट सुस्मिताले ल्याइन युवाप्राविका बालबालिकालाई यस्तो उपहार

Posted on: 23 Dec, 2017

जिल्लाको एक विद्यालयका विद्यार्थीहरुलाई झोला वितरण गरिएको छ ।

अध्ययनको शिलशिलामा बेलायतमा रहेकी सुस्मिता गिरीले कुश्मा नगरपालिका ७ गोदाममा रहेको युवा प्राविका विद्यार्थीहरुलाई झोला वितरण     गरेकी हुन् । 

शुक्रबार एक कार्यक्रमको आयोजना गरी उनले विद्यालयमा अध्ययनरत ३६ जना विद्यार्थीलाई १८ हजार         बराबरको झोला वितरण गरेकी हुन् ।

उनले आफू पनि विद्यार्थीनै भएका कारण बालबालिकाहरुको लागि केहि गरौ भन्ने सोचका साथ उक्त सहयोग गरेको बताइन । उनले आगामी दिनमा पनि विद्यालयमा सहयोग गर्ने बताएकी छिन् । कार्यक्रममा माओवादी केन्द्र कुश्मा नगरपालिका संयोजक शंकर गिरी, विद्यालय प्रधानाध्यापक तारा कुमारी नेवार लगायतले बोलेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!