स्विडेनको चाईल्ड टु चाईल्ड अभियानले रोल्पाका टुहुरा बिद्यार्थीलाइ गरे सहयोग

Posted on: 23 Dec, 2017

गोपाल चन्द | पुस ८, रोल्पा । नमुना बिद्यालय निर्माण अभियान अन्तर्गत सिद्दार्थ माध्यमिक बिद्यालय सुकिदह ३ घोप्टेओढारका गरिब, अपांग, जेहेन्दार, टुहुरा तथा द्धण्द्धपिडित बालबालिकाहरुले सहयोग पाएका छन ।

एनआरएन स्विडेनको अगुवाईमा चाईल्ड टु चाईल्ड अभियान मार्फत स्विडेनमा बसोबास गर्ने नेपालीका बालबालीकाहरु द्वारा आफ्नो मासिक ५० क्रोनर खाजा खर्चबाट कटौती गरि ६ महिनाको एकमुष्ट रकम १,८७,१४५ (एक लाख सतासी हजार एक सय पैंतालीस) नगत रकम सहयोग प्राप्त भएको हो ।

चाईल्ड टु चाईल्डु कार्यक्रमबाट सिद्दार्थ माविका ५३ जना बिद्यार्थीहरु (गरिब, अपांग, जेहेन्दार, टुहुरा तथा द्धण्द्धपिडित) छनौट भएका थिए । उक्त बिद्यार्थीहरुलाई शनिबार पुष ८ गते एक कार्यक्रमको आयोजन गरि बिद्यालयले शैक्षिक सामाग्री प्रदान गरेको छ ।

सुकिदह गाउँपालिकाका शिक्षा प्रमुख शेर बहादुर डाँगीको प्रमुख आतिथ्यमा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गरिएको थियो । तीनै विद्यार्थीहरुलाइ बिद्यालय पोशाक र किताब बोक्ने झोला पनि चाडै उपलब्ध गराउने नमुना बिद्यालय अभियानका संयोजक प्रेम बहादुर वलीले बताए ।


गैरआवासिय नेपाली संघ स्विडेनका अध्यक्ष अर्जुन श्रेष्ठको बिशेष पहलमा २ बर्षका लागि यस बिद्यालयका गरिब, अपांग, जेहेन्दार, टुहुरा तथा द्धण्द्धपिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री उपलब्ध गराउने सम्झौता भएको थियो ।

यसअघि एनआरएन स्विडेनको सहयोगमा बनेको २ कोठे भवनको उद्घाटन गरे संगै एनआरएन स्विडेनको अगुवाइमा बालबालिकाहरुका लागि पुनः थप सहयोग कार्यक्रममा हातेमालो गरेको हो ।

यसरी स्विडेनबाट बालबालिकाहरुले सहयोग पाए पछि खुसी ब्यक्त गरेका छन । स्विडेनबाट सहयोग गर्नुहुने नेपालीहरु प्रती बिद्यालय परिवार, विद्यार्थीहरु र स्थानिय समुदायले धन्यवाद ब्यक्त गरेका छन । साथै यो अबसर जुराइदिने गैरआवासीय नेपाली संघ स्विडेनलाइ पनि आभार ब्यक्त गरेका छन ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!