सर्लाहीमा पुरुषले पुरुषलाई नै बलात्कार गरे !

Posted on: 24 Dec, 2017

सरोज यादव | पुष ०९, सर्लाही | पुरुषले महिलालाई बलात्कार गरेको त घटना सबैलाई थाहा भएकै हो । तर पुरुषले पुरुषलाई नै बलात्कार गरेको घटना सुन्दा तपाईलाई अचम्म लाग्न सक्छ । एक युवाले आफ्नो यौन प्यास पुरा गर्न १३ वर्षिय एक वालकलाई बलत्कार गर्यो भन्ने सुन्दा पीडा बोध संगै अनौठो लाग्न सक्छ । यस्तै घटना सर्लाही सदरमुकाम मलङ्वामा गत पुष २ गते भएको छ । 

एउटै घरमा डेरा गरि बस्दै आएका एक १३ वर्षिय बालकलाई सोहि घरकामा अर्को कोठामा बस्ने पर्षा गाउपालिका वडा न. २ वर्ष ४५ का रुपेश मण्डलले बलात्कार गरेको छ ।

पिडित बालक चन्द्रनगर गाउँपालिका - १ निवासी इन्द्रदेव यादवका छोरा हुन् । वर्ष १३ का बिकाउ नाम भएको बालक मलंगवा वडा न - १० स्थित नथुनी चौधरीको घरमा बिगत ६ वर्ष देखि  डेरा गरि बस्दै आइरहेका थिए । सोही घरको अर्को कोठामा भाडामा बस्ने रुपेश कुमार मंडलले गत पुस २ गते राति आफ्नो कोठामा पाहुना आएको छ , सुत्ने ठाउँ अपुग भएकोले आज रातिको लागि तिम्रै कोठामा सुत्छु भनेर अनुरोध गरेपछि निजलाइ आफु सँगै सुताएको थियो ।

राति करिब १० बजे मंडलले पिडित रुपेशलाई धाक, धम्की र डर देखाएर जबर्जस्ती (बलात्कार ) गरेको बताएको छ ।

पिडितका बुवा इन्द्रदेव यादवले छोरा माथि भएको जबर्जस्ती करणी सम्बन्धित  सम्पूर्ण सबुत प्रमाण सहित पुस ४ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा लिखित जाहेरी दिइसकेको छ ।

जाहेरीमा आरोपित मण्डललाई मुलुकी ऐनको जवरजस्ती करणी महलको ९ (क) नम्बर वमोजिम हदैसम्मको सजाय माग गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!