बझाङमा अध्याधिक चिसोका कारण जनजिवन प्रभावित

Posted on: 25 Dec, 2017

टेकेन्द्र बोहरा | पुस १०, बझाङ | चिसो बढेपछि बझाङको जनजीवन प्रभावित भएको छ । शितलहर र बाक्लो हुस्सु सँगै चिसाकोे हावाले वृद्ध र बालबालिका बढी प्रभावित बनेका छन् ।

अत्यधिक चिसोले निमोनिया, रुघाखोकीका बिरामी बढेको चिकित्सकले बताएका छन् ।

जिल्ला अस्पताल बझाङले चिसोका कारण दैनिक झण्डै  २०देखी ३० बिरामी उपचार गर्न आउने गरेको बताएका छन  । तीमध्ये अधिकांश रुघाखोकी, दम, निमोनियाका भएको अस्पतालमा आउने अस्पताल  स्रोतले बताएको छ ।

चिसोका कारण ग्रामीण क्षेत्रका विद्यालयमा बालबालिकाको उपस्थिति पातलिँदै गएको छ देवस्थली निम्न माध्यामिक विध्यालयका प्रधाना ध्यापक शुकदेव जोशिले बताए । 

जाडो बढेका कारण सदरमुकाम चैनपुर र आसपासका स्थानिय बजारमा  न्यानो कपडा खरिद गर्नेको ग्राहक बढेको ब्यापारीहरु बताउँछन् ।

स्थानिय स्तरमा उत्पादित आलुको माग बढदै पछिल्लो समयमा बझाङ जिल्लाको विभिन्न ग्रामिण क्षेत्रहरुमा  उत्पादीत आलुको  माग बढ्दै गएको छ । 

रसायनिक मल र विषदिको कुनै प्रयोग नगरि शुद्ध अर्गा्निक पद्धति बाट आलु उब्जाउने गरेकाले आलुको स्वाद मिठो र छिटो पाक्ने गरेका कारण स्थानिय स्तरमा उत्पादित आलुको माग बढदै गएको हो । 

जिल्लाका विभिन्न ग्रामिण क्षेत्रहरुमा स्थानिय स्थरामा किसानहरुले उत्पादन गर्ने गर्दछन  ।

जिल्लाको मुख्य व्यापारिक केन्द्र  चैनपुर,बुङगल, विजगडा, वित्थड,बागथला, झोता, भाँडे बजार, देउरा, लगायत सदरमुकाम मा स्थानिय आलुको माग बढदै गएको छ । 

अहिले स्थानिय आलुको मुल्य प्रति किलो २५ देखि ३० रुपयाँ सम्म गाँउघरमै पर्ने गरेको छ भने बजारमा यसको मुल्य ३५ देखि ४० प्रति किलोमा पाईने गरेको छ ।

गोठेमलको प्रयोगले आलुलाई स्वादिष्ट बनाउने हुदा ग्रामिण क्षेत्रमा उत्पादित हुने आलुको माग बढदै गएको छ स्थानिय बासी र ब्यापारी बताउछन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!