काभ्रेमा भएका भिन्दाभिन्दै दुर्घटनामा दुई जनाको मृत्यु

Posted on: 25 Dec, 2017

पुस १०, बनेपा । धुलिखेल नगरपालिका–११ स्थित काभ्रेभञ्ज्याङ नजिकै आज भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । 

धुलिखेलबाट भकुण्डेतर्फ जाँदै गरेको बा८६प ३६८१ नंको मोटरसाइकललाई भकुण्डेबाट धुलिखेलतर्फ आउँदै गरेको ना४ख ८०८० नंको बसले ठक्कर दिँदा मोटरसाइकलामा सवार एक जनाको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, धुलिखेलले जनाएको छ । 

प्रहरी उपरीक्षक सहकुल थापाले मृतकको सनाखत नभएको जानकारी दिँदै मोटरसाइकल चालक सामान्य घाइते भएको बताउनुभयो । मृतक काठमाडौँबाट नै मोटरसाइकलमा लिफ्ट लिएर आएको बताइएको छ । 

दुर्घटनामा संलग्न बस चालक र मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यसैबीच जिल्लाको पनौती नगरपालिकामा आइतबार राती हिटरबाट सल्केको आगो लागेर भारतीय नागरिक सुजित जैसवालको मृत्यु भएको छ । उनले सो क्षेत्रमा निर्माणसम्बन्धी काम गर्दै आएका थिए । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!