१८ बर्षीय अविवाहित गर्भवती युवतीलाई अलपत्र पार्नमा वडा सचिव नै सक्रिय

Posted on: 26 Dec, 2017

प्रेम सुनार/पुस ११, गुल्मी । अर्घाखाँची जिल्लामा एक जना दलित युवतीले एक जना युवाको गर्व हो भन्दै न्यायका लागि सदरमुकाम धाए पनि न्याय पाउन नसकेर अलपत्र परेकी छन् । 

अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्वर ४ खनकी १८ वर्षिया समिता बिक (नाम परिवर्तन) ८ महिनाको गर्भ सहित अलपत्र परेकी हुन् । उनले गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्वर २, पिपलधारा जुम्लादीका १७ वर्षिय सन्तोष बिकले आफुलाई माया प्रेम गर्दै आएको र विवाह गर्ने प्रलोभन देखाई आफुलाई गर्भधारण गराएको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय सन्धखर्कमा उजुरी दिएकी छन् । उनले उजुरी दिएको एक हप्ता हुँदा पनि प्रहरीबाट न्याय पाउन सकेकी छैनन् । उनका आफन्तजनले आरोपित युवाका दाजु तथा वडा सचिव कमल बिकको मिलोमोतोमा अलपत्र पार्ने षडयन्त्र भएको गुनासो गरेका छन् ।

वडा सचिव बिकले भाई सन्तोषको बचाउका लागि डिएनए परिक्षणको माग गरे पछि युवती अलपत्र परेकी हुन् । गत मंसिर २२ गते सम्म म तिमीलाई विवाह गरी वुटवल लगेर जान्छु भन्दै पटक पटक सुनका गहना , मोवाईल र नगद समेत लगेर गएका सन्तोष विरुद्ध सुरुमा गुल्मीकै नयाँगाउँ प्रहरी चौकीमा पिडित युवतीका परिवारले जाहेरी दिएका थिए ।


पिडित युवतीका अनुसार त्यस पछि उनका दाजु कमल बिक र आमाले सन्तोषलाई घरबाट भगाएका थिए । दोश्रो पटक खन ईलाका प्रहरीमा उजुरी दिएको मंसिर ७ गते त्यहाँबाट जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा दुवै पक्षलाई पठाईएको थियो । ८ महिना पार गरेकी गर्भवति उनलाई जिल्ला अस्पतालबाट रिफर गरी यति वेला भैरहवा पठाईएको छ । उनको अवस्था गम्भीर रहेको छ ।

निज सन्तोषले नै उनकी प्रेमीकाले आफुलाई ५ महिनाको गर्भ हुँदा देखि नै जानकारी गराएको बताएका छन् । तर उनले अहिले भने उनि सग शाररिक सम्वन्ध राख्दै नराखेको जिकिर गर्दै आएका छन् । तर उनिहरु दुई जनालाई धेरै स्थानमा बसेको देख्ने तमाम मानिसहरु रहेका छन् ।

एक पटक साँझपख खनको जंगलमा संगै बसेको र गत असार महिनामा सन्धखर्कको एक होटलमा बसेको देख्ने मानिस हुँदा हुँदै पनि उनले वसेकै छैनौं भनेर ढाँट्दै आएको र निज युवाको धोकेवाज प्रवृद्धिले गर्दा आफु आत्मा हत्या गर्ने सम्मको अवस्थामा पुगेको पिडित युवतीको भनई छ ।

निजले उन दिदी वहिनी पर्ने एक जना महिला मार्फत प्रेमीकाले दिएको १५ हजार भन्दा बढि नगद रकम समेत लिएको छैन भने पछि प्रहरी कार्यालय भित्रै महिलाहरुले सन्तोषलाई घेराउ गरेका थिए । अस्लील शव्द सहितका ४२ वटा म्यासेज सन्तोषले ति युवतीको मोवाईलमा गरेका छन् ।

निज युवतको गर्भ सन्तोषको वाहेक अरु कसैको नभएका सप्रमाण पुष्टाई हुँदा हुँदै पनि हल्का रुपमा लिईएको पिडित युवतीको उजुरीमा उल्लेख छ । निजले मंसिर २२ गतेका दिन सम्म पिडित युवती संग र उनका आफन्त समेत संग आफ्नी श्रीमतिका रुपमा स्वीकार गर्दै गर्भपतन गराउनबाट समेत रोक्दै छिट्टै विवाह गर्ने प्रलोभन देखाएको र त्यस पछि दाजु कमल बिकको उक्साहटमा लागेर सम्र्पक गर्न छाडेको परिवारजनको आरोप छ । उनले प्रेमीका रुपमा उनि संग संगै तस्वीर समेत खिचेका छन् ।

स्थानियका अनुसार यस अघि पनि केहि युवती संग माया प्रेमको ढोंग रच्दै निज सन्तोष आपत्तीजनक अवस्थामा भेटिएको र भित्रभित्रै मिलाईएको थियो । उनका दाजु कमल बिकले पनि आफुलाई माया प्रेमको ढोङ्ग रच्दै फसाउने प्रयास गरेको भन्दै सन्धीखर्कमा एक युवती आएकी थिईन् । 

जिल्ला प्रहरी कार्यालय सन्धीखर्कका प्रमुख डिएसपी एकनारायण कोईरालाले आफुले मिलाउने प्रयास गरे पनि केटा पक्षले डिएनएको माग गरे पछि अदालती प्रकृयामा जान आफुले सुझाव दिएको बताए ।

प्रमुख जिल्ला अधिकारी खेमराज भुसालले आफु यति वेला काठमाण्डौमा रहेकोले जिल्ला फर्केपछि आफुले मिलाउने प्रयासमा जुट्ने बताएका छन् । अन्तरपार्टी महिला सञ्जाल अघौखाँचीकी अध्यक्ष सुशिला गैरेले निज युवा र उनका दाजु वेईमान भएको प्रतिकृया दिईन् । उनले भनिन वेईमानहरुका कारण दलित युवतीलाई अलपात्र पारिदै छ , गर्भधारण गराउँदै डिएनएको माग गर्दै हिड्नेहरु विरुद्ध महिलाहरु सडकमा उत्रिदै छौं ।

आरोपित युवाका दाजु कमल बिकले भाईले स्वीकार गरे आफुले नरोक्ने र आफुबाट कुनै किशिमका षडयन्त्र नभएको जिकिर गरे पनि युवती अलपत्र पार्नमा मुख्य गरी उनै सक्रिय हुँदै आएका छन् । 

उनि भुमिका स्थान नगरपालिका वडा नम्वर ९ का वडा सचिव हुन् । यसर्थ पनि उनि प्रहरी प्रशासनको पहुँचमा रहेकोले घटना दवाउन सक्रिय भएको पिडित पक्षको आरोप छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!