काभ्रेमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएका युवकको सनाखत

Posted on: 26 Dec, 2017

पुस ११, बनेपा । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका– ७ स्थित काभ्रेभञ्ज्याङ नजिकै भएको दुर्घटनामा मृत्यु भएका एक व्यक्तिको आज सनाखत भएको छ । 

रौतहटका राजपुर नगरपालिका– ७ का २० वर्षीय सञ्जीव शाहको दुर्घटनामा सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्र मरासिनीले जानकारी दिनुभयो । 

धुलिखेलबाट भकुण्डेतर्फ जाँदै गरेको बा८६प ३६८१ नं को मोटरसाइकललाई भकुण्डेबाट धुलिखेलतर्फ आउँदै गरेको ना४ख ८०८० नं को बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार शाहको धुलिखेल अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको थियो । आजै उनको शव आफन्तले बुझिसकेका छन् । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!