पूर्ववडा अध्यक्षको हत्या आरोपमा ९ जनालाई पक्राउ

Posted on: 26 Dec, 2017

पुस ११, रामेछाप | रामेछापको दोरम्बा गाउँपालिका वडा नम्बर–२, का पूर्ववडा अध्यक्ष बाबुराम तामाङको हत्याको आरोपमा नौ जना पक्राउ परेका छन् । 

४८ वर्षीय  तामाङलाई आइतबार राति हत्या गरेर ढुंगाले थिचेर राखेको अवस्थामा फेला पारिएको थियो । हत्या भएका तामाङ्ग २०५४ सालमा डडुवा गाविस वडा नम्बर–२ बाट वडा अध्यक्ष बनेका थिए । 

घटना भएको थाहा पाएपछी पुगेको प्रहरीले घटनाको अनुसन्धानपछी हत्यामा संलग्न भएको आशंका गर्दै ८ जना पुरुष र १ जना महिलालाई पक्राउ गरेको छ । उनीहरुलाई अनुसन्धानको लागि जिप्रका रामेछापमा लगिएको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!