खाना खाएर सुत्न गएकी किसोरी १५ दिनदेखि बेपत्ता

Posted on: 26 Dec, 2017

पुस ११, पाल्पा (रासस) | पाल्पा जिल्लाको रैनादेवी छहरा–५ मुझुङ्गकी एक किशोरी १५ दिनदेखि हराइरहेकी छन् । हराउनेमा १६ वर्षीया किशोरी मञ्जु गहतराज रहेका हुन् । 

स्थानीय कालिका माविमा कक्षा १० मा अध्ययनरत गहतराज मंसिर २५ गते बिहानदेखि घरबाट हराएको आफन्त यादव गतराजले जानकारी दिनुभयो । २४ गते साँझ खाना खाई सुत्न गएकी उनी बिहान अबेलासम्म नउठ्दा बिस्तरामा नभेटिएको भतिजा यादव गहतराजले बताउनुभयो । 

सामान्य परिवारमा हुर्किएको मञ्जु गहतराजले मोबाइलसमेत प्रयोग गर्ने अवसर पाएकी थिइनन् । उनी हराएपछि घरपरिवार चिन्तित बन्दै आएको छ । आफन्तका घरमा समेत उनी नभेटिएपछि परिवार र स्कुलका साथीहरुले गहतराजको खोजी कार्य गरे पनि नभेटिएको आफन्तको गुनासो छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!