यी हुन् युवती वलात्कारपछि फरार अभियुक्त राजु अधिकारी

Posted on: 27 Dec, 2017

प्रेम सुनार/पुस १२, गुल्मी । यस हप्ता रहश्यमय रुपमा जंगलमा मृत फेला परेकी र गत वर्ष वलात्कृत भएकी  अर्घाखाँचीकी एक दलित युवतीका वलात्कार अभियोगी राजु अधिकारी हाल सम्म फरार रहेका छन् ।

अर्घाखाँचीको भुमिका स्थान नगरपालिका वडा नम्वर ९, धनचौरकी १७ वर्षिया सुन्दरी नामले परिचित समिता नेपालीलाई  सोही नगरपालिका वडा नम्वर ९ कि १७ वर्षिया सुन्दरी नामले परिचीत समिता नेपालीलाई सोही नगरपालिका वडा नम्वर ४ धारापानी मकैडाँडाकाका अन्दाजी २५ वर्षिया राजु अधिकारीले सन्धीखर्कको होटल डायमण्डमा लगेर २०७३ माघ ७ गते राती वलात्कार गरेका थिए । 


माघ ९ गतेका दिन पिडितका परिवारजनले जिल्ला अदालत अर्घाखाँचीमा जवर जस्ती करणीको मुद्धा दर्ता गरे लगत्तै फरार भएका अधिकारीको अवस्था अहिले सम्म अज्ञात छ । 

वलात्कार घटना लगत्तै उनि वेवत्ता भए पछि उनको तस्वीर समेत पत्रकारहरुलाई दुर्लभ प्रायः भई रहेको बेला हामीलाई उनको तस्वीर प्राप्त भएको छ ।  यहि पुष ९ गतेका दिन सोही नगरपालिका वडा नम्वर १० को चरेपानी जंगल विचमा रहेको कालिका मन्दिरको ढोका अगाडी झुण्डिएको अवस्थामा फेला परेकी नेपालीको मृत्यु घटना गत वर्षको वलात्कार घटना संग परिवारजनले जोडेका छन् । 

खुट्टा भुँईमा टेकिएको, गलाको डोरी खुकुलो, थप नाईलनका डोरीहरु घटना स्थलमा रहेको र उनि  ललितपुरबाट हिडेको तिन दिन पछि त्यहाँ फेला पर्नुलाई कसैले माया प्रेमको जाल रचेर  वुटवल सम्म वोलाएको र अपहरण गरी त्यहाँ ल्याएर हत्या गरी झुण्डाएको सर्वत्र अनुमान गर्न थालिएको छ । 

विहिवार विहान पौने ६ वजेको समयमा कलेज जान्छु भन्दै ललितपुर स्थित मामाकी छोरी मिनाको घरबाट हिडेकी समिता एक्कासी ११ वजेको समयमा म बुटवल आई पुगे, अर्घाखाँची कै केटा संग विहे गरेर ईन्डिया तिर जाँदै छु भनेर उनै दिदीलाई फोन गरेकी थिईन् ।  

पत्याउन नसकेर उताबाट दिदीले फोन गरे पछि उनको मोवाईल स्वीच अफ भएको दिदी मिनाले जानकारी दिईन् । उनि अर्घाखाँची घर आउन थालेको भए त्यो बाटो उनको घरमा पुगिदैन । उनले घर आउन लागेकै भए घरमा फोन गर्नु पर्दथ्यो । उनका पिता विष्णुबहादुर नेपालीले छोरीको  वलात्कार घटनाको रिसी ईविबाट हत्या भएको आशंका गरेका छन् । 

घटना स्थलमा पुगेका हरेकले समितिको हत्या नै भएको आशंका गर्दछन् । समितिको गत वर्ष  वलात्कार र अहिले रहस्यमय मृत्यु पछि त्यहाँका महिलाहरु असरक्षित महशुस गरेका छन् । 

प्रहरी प्रमुख डिएसपी एकनारायण कोईरालाले गम्भीर रुपले छानविन हुने बताए पनि यस अघिका त्यस्ता थुप्रै रहस्यमय घटनाहरुको सत्य तथ्य वाहिर नआए पछि यो घटना पनि त्यति कै हराउने अधिकारकर्मीहरुको भनाई छ ।  

स्मरण रहोस समितिको वलात्कार अभियोगी राजु अधिकारीलाई दोश्रो वर्षको पक्राउ पुजी जारी गर्न कै दिन उनि त्यसरी मृत फेला परेकी छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!