कलाकार विना थापाको सडक दुर्घटनामा निधन

Posted on: 27 Dec, 2017

प्रेम सुनार/पुस १२, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडा नम्वर २ जलजले भई काठमाण्डौंमा कलाकारिता क्षेत्रमा क्रियाशिल कलाकार विना थापाको आज दिउँसो काठमाण्डौकै वत्तीस पुतलीमा सडक दुर्घटनामा परी ज्यान गएको छ । 

बा २ ख ८९४ नम्वरको पानी ट्याङीले ठक्कर दिदा बा ५५ प १३८७ नम्वरको स्कुटरमा सवार २७ बर्षीय विनाको ज्यान गएको हो । गम्भीर घाईते भएकी उनको उपचारका क्रममा विर अस्पतालमा मृत्यु भएको हो ।

थापा स्टेज प्रोग्राम तताउने नृत्याङक र मोडलिङ्गका लागि स्थापित चलेकी कलाकार थिईन । उनि रामप्यारी नेपाली चलचित्रमा अभिनय पनि गरेकी थिईन । उनले अभिनय गरेको अर्को एक चलचित्र पनि आउँदै छ । 

पिरतीको डोरी , शिव परियारको दिन वित्यो जस्ता दर्जनौ म्युजिक भिडियोहरुमा मोडलिङ्ग गरेकी विना स्टेज प्रोग्रामका लागि दुवई लगायतका विभिन्न देशमा समेत पुगेकी छिन् ।

अस्पतालमा पुगेका गुल्मीका कलाकार कमल बिसीले भोली मात्र सुटिङ्गका लागि भेट्ने कुरा थियो , आज उनको मृत्युले म बोल्न सक्ने अवस्थामा छैन भने । विना पृथ्वी माध्यामिक विद्यालय मैदनामा एसएलसी पास पछि उच्च शिक्षा अध्यान गर्न काठमाण्डौ गए पछि कलाकारिता क्षेत्रमा प्रवेश गरेकी थिईन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!