अछामका संचारकर्मीले महत्वपुर्ण भुमिका खेलेका छन्: महानिर्देशक राई

Posted on: 28 Dec, 2017

कमल रावल/पुस १३, अछाम । सुचना बिभागका महानिर्देशक बिर बहादुर राईले जिल्ला स्थीत सन्चारकर्मिले महत्वपुर्ण भुमिका निर्वाह गरिरहेका बताउनु भएको छ । 

राष्ट्रीय तथा स्थानीय बिषयलाई उच्च प्राथमिकता दिएर भूमिका निर्वाह गरेको बताउनु भयो । 

प्रदेश नम्बर ७ का विभिन्न जिल्लामा सञ्चार माध्याम र सञ्चारकर्मिको अबस्थाको बिषयमा जानकारी लिन अछाम पुग्नु भएका महानिर्देश राईले राष्ट्रिय स्तरका खबरहरु आदानप्रदान र स्थानिय स्तरका समस्यालाई उजागर गरि राष्ट्रिय संञ्चार माध्याम सम्म पुरयाउदै वकालत तथा पैरवीको काम गर्दै आईरहेका बताउनु भयो । 


पत्रकार महासंघ अछामका कार्यबाहक अध्यक्ष खम्म खत्रिको अध्यक्षतामा भएको छलफल कार्यक्रममा उहाँले आगामि दिनमा सञ्चारकर्मिको क्षमता अभिबृद्धि कार्यमा जोड दिने बताउनुभयो ।

 दुर्गम क्षेत्रका सञ्चारकर्मिका लागि विभागले प्रदान गर्दै आईरहेको प्रेस पास वितरण कार्य ब्यावस्थित हुन नसकेकाले ब्याबस्थि गर्दै लैजाने बताउनुभयो । प्रदेश नम्बर ७ का ३ वटा जिल्ला डोटी, बाजुरा र अछामका सञ्चारकर्मिलाई मध्येनजर गर्दै आगामि दिनमा साफेबगरमै घुम्ती शिविर मार्फत विभागको पास सञ्चारकर्मिलाई वितरण गर्ने योजना रहेका समेत बताएका छन । 

छलफल कार्यक्रममा जिल्ला समन्वय समिती अछामका सामाजिक बिकास अधिकृत खड्क बिष्टले सञ्चारकर्मिको समन्वय आफनो निरन्तर जारी रहेकाले आगामि दिनमा समेत सहयोग रही रहने बताएका थिए । 

जिल्ला स्थित स्थानिय तथा सञ्चारमाध्याममा कार्यरत सञ्चारकर्मिले आफुले पत्रकातिा गरिरहदा भोग्नु परेका समस्या बारे अवगत गरेका थिए । पत्रकार महासघ अछामका सहसचिव मेनुका ढुगानाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव होम साँउदले गर्नुभएको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!