मुगुमा सुसासन सम्बन्धी सडक नाटक प्रर्दशन

Posted on: 28 Dec, 2017

नन्द बहादुर रोकाया/पुस १३, मुगु । छायाँनाथ रारा नगरपालीकाका बिभिन्न वडामा शुसासन सम्बन्धि सडक नाटक प्रर्दशन गरीएको छ । 


स्थानिय बासिन्दाहरुलाई शुसान सम्बन्धि जानकारी गराउने उदेश्यका साथ कुरा शुसासनका नामक सडक नाटक  प्रर्दशन गरीएको हो । पुनं निर्माण तथा अनुसन्धान बिकास केन्द्र (आरआरडिसी मुगु अन्तरगतको जि जि सि परियोजना तथा गर्भरनेन्स फेसिलिटि ,र सेडा नेपालको आर्थिक सहयोगमा सामुदायिक रेडियो मुगु एफ एम १०७.४ मेगाहर्जको सहजिकरणमा नाटक प्रदर्शन गरिएको बताईएको छ ।


स्थानिय नागरिक एवम् सिमान्तकृत बर्ग लक्षित बर्ग गर्भवती महिला एकल महिला अन्र्तगत पर्ने समुदायका बिभिन्न क्षेत्रका नागरिकहरुलाई नागरिकहरुले प्राप्त गर्ने सेवा सुविधा, बिकास निमार्ण, लगायत अधिकारका बिषयमा नाटकमार्फत स्थानियलाई जानकारी गराईएको रेडियो मुगुका समचार प्रमुख एवंम नाटकका निर्देशक नन्द बहादुर रोकायाले बताउनुभयो । 

नाटक जिल्लाको छायाँनाथ रारा नगरपालिका भित्रका साविकका तिन गाबिस रोवा,रुगा,र पिना मा प्रर्दशन गरीएको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!