नुवाकोटमा किशोरी बलात्कार अभियोगमा १७ वर्षीय युवक पक्राउ

Posted on: 28 Dec, 2017

पुस १३, नुवाकोट । विदुर नगरपालिका वडा नं १ त्रिशूली बस्ने एक युवकलाई किशोरी बलात्कारको आरोपमा पक्राउ गरिएको छ । 

एक किशोरीलाई जबर्जस्ती करणी गरेका कारण १७ वर्षीय राजेश तामाङलाई पक्राउ गरी कारवाहीका लागि जबर्जस्ती करणी ऐनअन्तर्गत मुद्दा दायर गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो । 

मंगलबार साँझ भएको घटनाको बुधबार उजुरी परेपछि आरोपित युवकलाई पक्राउ गरी आज मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!