खोटाङन्यूज डटकम अब प्रभावन्यूज डटकममा खोलिने

Posted on: 28 Dec, 2017

चिसाङ शेर्पा/पुस १३, खोटाङ । खोटाङबाट सञ्चालन हुंदै आएको अनलाईन न्यूजपोर्टल ‘खोटाङ न्यूज डटकम’को नाम परिवर्तन भएको छ । 

नाम परिवर्तन भएसंगै अव प्रभावन्यूज डटकममा खोलिने भएको छ । खोटाङका मात्र स्थानिय समाचारहरुलाई पाठकमाझ पु¥याउदै आएको अनलाईन पोर्टलले मुलुकभरको समाचारलाई प्राथमिकताका साथ प्रकाशित गर्न नाम परिबर्तन गरिएको हो । अनलाईनले जिल्लाभन्दा बाहिरका समाचारहरुलाई भरपर्दो मिडिया हाउसको सहयोगमा समाचार प्रकाशित गर्नेछ । 

अनलाईनका सञ्चालक तथा पत्रकार उत्तम चौलागाँईका अनुसार हाल गुगोलमा खोटाङन्यूज डटकम लगइन गर्नुपर्नेछ । साईट भने प्रभावन्यूज भएर खुल्नेछ । त्यो समस्या केहि समय हट्ने र प्रभावन्यूज डटकम बन्नेछ । प्रभाव मिडिया ग्रुप प्रालिका अधयक्षसमेत रहेका चौलागाँईले भने, ‘प्रभावन्यूज डटकमले सत्य, तथ्य, निष्पक्ष खवरमा आधारित भएर समाज परिवर्तन र समृद्ध देश निर्माणका लागि काम गर्नेछ । 

सूचना र संचारको यूगमा अनलाईन पत्रकारिताको माध्यम जिल्लामा खोलिनु जिल्लावासीका लागि उपलव्धी रहेको विश्लेषण सहित साइट संचालनमा ल्याईएको सञ्चालक चौलागाईले बताए । उनले भने, “अनलाईनले संमृद्ध जिल्ला बनाउँनका लागि ठूलो भूमिका निर्वाह गर्नेछ ।”

हल जिल्लामा प्रभावन्यूज डटकमका अलवा, समायोजन खबर डटकम र हाम्रो खोटाङ डटकम नामक अनलाईन न्यूज पोर्टलहरु सञ्चालनमा छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!