व्रह्मचारी दामोदरानन्द कलेजमा व्यवस्थापन समिति सर्वसम्मतिले चयन

Posted on: 28 Dec, 2017

राम नारायण पंडित | पुस १३, सिरहा | त्रिभुवन विश्वविद्यालयवाट सम्वन्धन प्राप्त व्रह्मचारी दामोदरानन्द कलेज मिर्चैयाको व्यवस्थापन समिति सर्बसम्मतले चयन भएको छ । आज (विहिवार) बसेको बैठकले जितेन्द्र कुमार साहको अध्यक्षतामा ११ सदस्ययी व्यबस्थापन समिति चयन गरिएको छ । 

समितिको सदस्यहरुमा दिपनारायण यादव, रामपुकार कापर, प्रदिप साह, हजारी राय, अरुण सहनी, राम नारायण साह, रामेश्वर यादव, विजछ साह र  विरेन्द्र यादव रहेका हुन् । एक जना सदस्य कलेजको तर्फबाट पछि चयन गरिने सहमति भएको छ । 


समितिको सल्लाहकारमा रामप्रताप साह, धनपैत साह, सिकिया यादब, बिजय यादब र राम चरित्र साहलाई चयन गरिएको छ । 

मिर्चैया नगरपालीकाका मेयर श्रवण कुमार यादवको सक्रियतामा आम बैठकले कलेजको नयाँ व्यवस्थापन समिति चयन गरिएको छ ।

कलेजको सुधारको माँग गर्दै लामो समयदेखि विद्यार्थीहरु कलेज प्रमुख र व्यवस्थापन समिति विरुद्ध आन्दोलित हुँदै आएका थिए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!