सर्लाहीमा उखु बोकेको ट्रकको ठक्करबाट महिलाको मृत्यु

Posted on: 28 Dec, 2017

पुस १३, सर्लाही | पुर्व-पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बाँके जंगलमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । उखु लिएर महोत्तरीको रामनगरमा रहेको एभरेस्ट चिनी उधोगमा गइरहेको ना ३ ख ९४९० नम्बरको ट्रकको ठक्करबाट महोत्तरीको लक्ष्मिनिया गाउँ निवासी पुष्पलाल गोलेकी ४५ वर्षिया श्रीमती इन्द्र कुमारी गोलेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गत मंगलबार साँझ हरिवनबाट उखु लोड गरेर महोत्तरीको रामनगर तर्फ जाँदै गरेको उक्त ट्रकले ठक्कर दिएपछि इन्द्र कुमारीको घटना स्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा संलग्न ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय इश्वरपुर(बैलबास)को हिरासतमा राखिएको छ भने मृतको शव जिल्ला अस्पताल मलंगवामा पोष्टमार्टम गरि आफन्तलाइ बुझाइएको जिल्ला प्रहरी कार्यालय मलंगवाले बताएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!