मकवानपुरमा कैदिबन्दीबिच झडप हुँदा ६ जना घाईते

Posted on: 28 Dec, 2017

पुस १३, मकवानपुर । मकवानपुरको भिमफेदी कारागारमा कैदि बन्दी बिचको दुईपक्ष बिचमा झडप हुँदा ६ जना बन्दी घाईते भएका छन् । 

जेलमा नाईके बिरुद्धमा केही पक्षले आवाज उठाँदा दुईपक्ष बिचमा झडप भएपछी छ जना बन्दीहरु घाईते भएका हुन् । जेलमा रहेका नाईके रमेश लामाका बिरुद्धमा आवाज उठाउँदा दुईपक्ष बिचमा झडप भएको हो । 

लामा बिरुद्धमा आवाज उठाएको भन्दै अरु बन्दी माथी कुटपिट भएको र ६ जना घाईते हुन पुगेको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी उपरिक्षक बिकाशराज खनालले बताउनुभयो । 

झडपका क्रममा नाईके लामाका पक्षबाट कुटपिटका क्रममा जेलका बन्दी दिब्य श्रेष्ट, शुरेश थिङ, सुवाश प्रधान, बाबु रेग्मी, मधु गिरी र आशिस राई घाईते भएको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी नायब उपरिक्षक दिलीपराज झाले बताउनुभयो ।

 घाईते मध्यमा चारजनाको हेटौडाको चुरेहिल अस्पतालमा र दुईजनाको उपचार पछी फेरी जेल चलान गरिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!