मुगुमा जिल्ला स्तरिय सिकाई मेला सम्पन्न

Posted on: 28 Dec, 2017

दान बहादुर बुढा/पुस १३, मुगु । छायानाथ रारा नगरपालिका, जिल्ला शिक्षा कार्यालयको समन्वय र किर्डाक नेपाल मुगुको आयोजनामा एक दिने सिकाई मेला सम्पन्न भएको छ । 


विद्यार्थीहरुको सिकाई क्षमताको अभिबृद्धि गर्नका लागि जिल्ला स्तरिय सिकाई मेलाको आयोजना गरिएको आयोजकले जनाएको छ । नगरपालिका भित्रका २३ वटा विद्यालयहरु सहभागि भएका २३ वटै विद्यालयले आ आफ्ना सिकाई गतिविधी सहित पाठ्य सामागी्र सहित राखेका छन । मेलामा सहभागि सवै विद्यालयका विद्यार्थीहरुले एक अर्काका स्टलहरुको समेत अवलोकन गरेका छन । 


कतिपय अवस्थामा विद्यार्थीहरुले पुस्तकमा पढेका कुरा बुझन कठिन हुने भएकाले पनि विद्यालयहरुले कागज, निगालो, माटो लगायतका सामग्री बनाएर अध्ययन गराउदा विद्यार्थीले चाँडै सिक्ने भएकाले पनि सिकाई मेलामा राखिएका स्टलहरुमा अध्ययन गर्ने सामग्री सहित माटो, काठ, कागज र निगालोले बनाएका सामाग्री राखिएको आयोजक किर्डाक नेपाल मुगुका जिल्ला संयोजक टेकबहादुर शाहीले जानकारी दिए ।

विद्यार्थीहरुको सिकाई तथा अध्ययन क्षमताको विकास गर्न विगत केही वर्ष देखि सिकाई मेलाका आयोजना गरिदै आईएको छ । सदरमुकाममा मात्र नभए ग्रामीण क्षेत्रमा समेत स्राृत केन्द्र स्तरिय मेलाको आयोजना हुने गरेको जिल्ला शिक्षा कार्यालयले जनाएकोछ । 


विहिवार सदरमुकाम गमगढीमा रहेको महाकाली माध्यामिक विद्यालयमा आयोजना गरिएको सिकाई मेला २०७४ मा २३ विद्यालयका दुई हजार विद्यार्थीले अवलोकन गरेको बताईएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!