बारामा मानवअधिकारविरुद्धका ४७ घटना

Posted on: 29 Dec, 2017

पुस १४, कलैया । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बारा शाखले सन् २०१७ मा जिल्लामा मानवअधिकारविरुद्ध विभिन्न ४७ वटा घटना भएको जनाएको छ । 

आमनेपाल मानवअधिकार वर्ष पुस्तक समीक्षा कार्यक्रममा इन्सेक प्रतिनिधि लक्ष्मी साहले सन् २०१६ को तुलनामा सन् २०१७ मा मानवअधिकारविरुद्धका घटनामा कमी आएको जानकारी दिनुभयो । 

सन् २०१७ मा हिंसाका १०, बलात्कारका नौ, बलात्कार प्रयासका चार, बहुविवाहका चार, दव्र्यवहारका छ, बाल स्वास्थ्य अधिकारका दुई, कुटपिटका चार र हातहतियारसंग सम्बन्धित आठसमेत गरी ४७ वटा घटना भएको उहाँले बताउनुभयो । रासस  

यस बिषयमा तपाइको प्रतिक्रिया...!