बैतडीमा पासोमा परेर चितुवा मर्यो

Posted on: 29 Dec, 2017

नरी बडु | पुस १४, बैतडी | बैतडीको दशरथचन्द नगरपालिका–९ ग्वाल्लेक जंगलमा थापेको पासोमा परेर एक चितुवा मरेको छ । 

देहिमाण्डौं गिरेगाडा सडक भन्दा ३० मिनेटको दुरी माथि ग्वाल्लेकको बीच जंगलमा पासोमा चितुवा मृत भेटिएको जिल्ला बन कार्यालयले जनाएको छ । शुक्रबार बिहान बडा अध्यक्षले खबर गरेपछि बन कार्यालय र प्रहरी टोली उक्त ठाँउमा गएको थियो ।     

४ फिट ७ ईन्च लामो करीब डेढ बर्षको चितुवा बिहीबार राती मरेको निमित्त जिल्ला बन अधिकृत रामप्रसाद चौधरीले बताउनुभयो । ८/१० दिन अघि ग्वाल्लेक क्षेत्रमा चितुवाले बाख्रालाई आक्रमण गरेको थियो । कारण एकिन नभएपनि बदेल मार्न पासो थापेको हुन सक्ने चौधरीले चौधरीले बताउनुभयो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!