ट्र्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Posted on: 29 Dec, 2017

पुस १४, झापा । पाडाजुँगी–गौरादह सडकखण्डमा आज दिउँसो ट्र्याक्टरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा गौरादह नगरपालिका–१ निवासी २८ वर्षीय भानु थापा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

मे८प ४०८७ नंको मोटरसाइकलमा सवार थापालाई गौरादहबाट उत्तरतर्फ आइरहेको मे१त ४५०१ नंको ट्र्याक्टरले ठक्कर दिएको प्रहरी नायब निरीक्षक याम खड्काले जानकारी दिनुभयो । 

दुर्घटनामा गम्भीर घाइते थापालाई उपचारका लागि लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो । दुर्घटनामा संलग्न सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!