घुस मागेको अभियोगमा विद्युत् प्राधिकरण पोखरा वितरण केन्द्रका कर्मचारीविरुद्ध मुद्दा

Posted on: 29 Dec, 2017

पुस १४, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण पोखरा वितरण केन्द्रका इलेक्ट्रिकल फोरमेन ईश्वरप्रसाद सुवेदीविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरिएको छ । 

आयोगले केही दिन पहिले उनलाई रु २५ हजार घुससहित कार्यालय परिसरबाटै पक्राउ गरेको छ । आयोगका प्रवक्ता पद्यप्रसाद पाण्डेयका अनुसार सुवेदीलाई मिटर जडान गर्ने कामका लागि विभिन्न बहानामा सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा प्राधिकरणको वितरण केन्द्र मालेपाटनबाट नियन्त्रणमा लिइएको थियो । 

अभियुक्त सुवेदीमाथि बिगो असुल गरी कैद सजायको माग गरिएको आयोगले जनाएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!