घर बनाउने काठ काट्न जाँदै गर्दा भीरबाट लडेर एकको मृत्यु

Posted on: 29 Dec, 2017

पुस १४, पाल्पा । भीरबाट लडेर पूर्वखोला गाउँपालिका–१ ढाकेबाँसका ६३ वर्षीय जसबहादुर गाहको घटनास्थलमा मृत्यु भएको छ । 

सोही गाउँका ५२ वर्षीय मानबहादुर सूर्यवंशी लडेर घाइते भएकामा तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । दुवै जना पूर्वखोला गाउँपालिका–१ ढाकेबाँसमा घर बनाउनका लागि काठ काट्न जाँदा आज चिप्लेर लडेका हुन् । 

उनीहरु घटनास्थलबाट १०० मि तल खसेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!