मंगले दम्पत्तीको घर बनाइदिन बर्षमान आफै रोल्पा जाँदै

Posted on: 31 Dec, 2017

गोपाल चन्द | पुस १६, काठमाडौँ | बिबिसी मिडियाको लोकप्रिय कार्यक्रम साझा सवालमा अघिल्लो आइतवार प्रसारण भएको कार्यक्रम लाखौँले हेरे । जुन कार्यक्रम रोल्पाका सहिद परिवार र त्यहाँको वास्तविक समस्याको बारेमा केन्द्रित थियो ।

कार्यक्रममा माओवादी नेता बर्षमान पुन र उहाँकि पत्नी तथा पुर्व सभामुख ओनसरी घर्तिको बिशेष सहभागिता थियो । कार्यक्रमकै चरणमा माओवादीले चलाएको ससस्त्र जनयुद्धमा आफ्ना एकमात्र छोरा गुमाएका रोल्पाका सुनछहरी गाउँपालिका–७, जेलबाङका मंगले बुढा दम्पत्तिको अवस्था बुझेर पुर्व सभामुख ओनसरी घर्तिको आँशु थामिएन । त्यसको कारण थियो - आफ्नो छोरा गुमाएर पनि मंगले दम्पतिले आफ्नै घरमा नेता पुग्दा समेत कुनै इच्छा प्रकट गरेनन् । बरु पीडाको बीच ठट्टा गर्दै हसाईदिए । 



त्यसोत सरकारले सहिद परिवारलाई दिएको पैसा समेत उनले लिन नगएको बताउँदा बर्षमान पुन दम्पति अझै भावुक बनेका थिए । 

कार्यक्रमकै चरणमा माओवादी नेता बर्षमान पुनले भावुक हुँदै उहाँहरुलाई घर निर्माण गरिदिने र राहत रकम दिलाउने प्रतिबद्धता जनाएका थिए । बर्षमानले भनेका थिए- 'यस्तो हनुमा हाम्रो कमजोरी छ ।' कार्यक्रममा ओनसरी घर्तिले मंगले दम्पतिको बाँकी जीवन आफुले हेर्ने प्रतिबद्दता व्यक्त गरेकी थिइन् ।  


कार्यक्रम सकेर बर्षमान पुन काठमाडौँ फर्किए । लगत्तै बर्षमानले मंगले दम्पतिसँग गरेको प्रतिबद्धतालाई पहिलो प्राथमिकता दिए । प्राथमिकता स्वरूप अनन्तको पहलमा मंगले दम्पतिको लागि नयाँ घर बन्ने भएको छ । माओवादी नेता अनन्तले सांसद सुरक्षित आवास कार्यक्रम बनाएर उक्त कार्यक्रममार्फत सहिद परिवार मंगलेको घर निर्माण गर्ने सुर कसे र सोहि बमोजिम माघ २ गते माओवादी नेता बर्षमान आफै रोल्पाको जेलबाङ पुगेर मंगले बुढा दम्पत्तिको घर निर्माणको शिलान्यास गर्दैछन् । त्यसोत अनन्तकै पहलमा राज्यबाट सहिद परिवारले पाउनुपर्ने सबै रकम समेत मंगले परिवारले पाईसकेको छ । 

मंगलेका एकमात्र छोरा भुवन बुढा २०५३ पुसमा राज्यपक्षबाट मारिएका थिए । पूर्णकालीन कार्यकर्ता भई तत्कालीन नेकपा माओवादीको गाउँ कोर्डिनेशन कमिटिको सदस्य रहँदा उनी साविक सेरम गाविसको झंकी गाउँमा प्रहरीबाट मारिएका थिए । उनलाई गाउँमै विवाह भएकी छोरीले हेरचाह गरिरहेका छन् । 

कार्यक्रमको भिडियो हेर्न सक्नुहुन्छ 


यस बिषयमा तपाइको प्रतिक्रिया...!